१० साउन २०८३, आइतबार

खानेपानी डिभिजनका प्रमुख र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

फागुन २०, २०७६
खानेपानी डिभिजनका प्रमुख र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख र लेखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सरकारी रकम हिनामिना गरी आर्थिक लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेन्टीका आधारमा ठेक्का सम्झौता र ‘मोबिलाइजेसन’ रकम भुक्तानी गरेको आरोपमा अख्तियारले डिभिजन प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमविरुद्ध मुद्दा दायर गरेको हो।
 
उनीहरुविरुद्ध दुई करोड दुई लाख ७३ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्