१६ असार २०८३, मंगलबार

दूरसञ्चार क्षेत्रमा पनि ‘लाइसेन्स होल्ड’को समस्या

फागुन २१, २०७६
दूरसञ्चार क्षेत्रमा पनि ‘लाइसेन्स होल्ड’को समस्या

नेपालमा विभिन्नखाले सेवा सञ्चालनका लागि भन्दै लाइसेन्स लिने तर सेवा शुरू नगर्ने प्रवृत्ति बढेको छ । 

यसरी लाइसेन्स होल्ड गर्दा प्रतिस्पर्धी बजारमा सेवा विस्तार गर्न चाहने कम्पनीले लाइसेन्स नपाउने तर लाइसेन्स लिइसकेको कम्पनी भने ‘होल्ड’ गरेर अर्थात च्याँखे थापेर बस्ने गरेको पाइएको छ । 

जलविद्युत, हवाई लगायतका क्षेत्रमा मात्रै नभएर लाइसेन्स होल्ड गर्ने प्रवृत्ति दूरसञ्चार क्षेत्रमा झनै बढी देखिन्छ । 

मंगलवार पदबाट राजीनामा दिनुअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्ने प्रवृत्ति देखिएको भन्दै यस्तो विषयमा सरकारले अब कडाई गर्ने बताए । कारोबार दैनिकमा खबर छ । 

 

salt training

कमेन्ट गर्नुहोस्