
सरकारी स्वामित्वको कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघिमात्रै अवकाश पाएका निरौलालाई अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको अध्यक्षमा नियुक्त गरेका हुन् ।
राष्ट्र बैंकमा झण्डै तीन दशक सेवा गरेका निरौलाले सुपरिवेक्षण विभागको नेतृत्व तथा प्रवक्ताको समेत भूमिका निर्वाह गरेका थिए ।
निरौलाले बुधवार राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसमक्ष शपथ लिएका छन् ।
नवनियुक्त अध्यक्ष निरौलाले बैंकभित्रको समस्या पत्ता लगाई नयाँ उचाइ दिनेगरी काम गर्ने बताए ।
सरकारको स्वामित्व रहेका अधिकांश बैंकको ग्रामीण तहसम्म सञ्जाल रहेको छ ।