११ साउन २०८३, सोमबार

दौरा–सुरुवाल लगाएर संसद्‍मा नारायणकाजी, पहिलो दिनमै गरे लामो सम्बोधन

फागुन २१, २०७६
दौरा–सुरुवाल लगाएर संसद्‍मा नारायणकाजी, पहिलो दिनमै गरे लामो सम्बोधन

नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संघीयताको रक्षा गर्न राष्ट्रिय सभाले विशेष भूमिका खेल्नुपर्ने बताएका छन् । 

सबै प्रदेशको समान प्रतिनिधित्व हुने एक मात्र संघीय निकाय भएकाले राष्ट्रिय सभाको विशेष भूमिका हुने उनको भनाइ थियो । 

बुधवार राष्ट्रिय सभाको शपथ लिएपछिको पहिलो सम्बोधनमा नेता श्रेष्ठले स्थायी संसद्को अभ्यास गर्नेगरी राष्ट्रिय सभाले परिपक्वता र विवेकको पुष्टि गर्नुपर्ने बताए ।

‘संघीयताको संवेदनशील प्रतिनिधित्व गर्ने भएकोले संघीयताको रक्षा गर्न राष्ट्रिय सभाको विशेष भूमिका छ,’ उनले भने । उनले सदनमा झण्डै २५ मिनेट लामो सम्बोधन गरेका थिए । 

शपथका लागि श्रेष्ठ दौरा–सुरुवाल लगाएर संसद् भवन पुगेका थिए । नेकपाभित्र पूर्व माओवादी खेमाका नेताहरूले दौरा–सुरुवाल लगाउन आनाकानी गर्ने गरेका छन् ।

श्रेष्ठसहित १८ जनाले आजै शपथ गरेर संसद्को लोगो लगाएका छन् । 

नेकपाका ९ जना सचिवालय सदस्यमध्ये श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा सहभागी शीर्ष नेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्