०२ असार २०८३, मंगलबार

थप ३१ हजार मानिस अति धनाढ्यको सूचीमा

फागुन २१, २०७६
थप ३१ हजार मानिस अति धनाढ्यको सूचीमा

संसारमा धनी र गरीबबीचको खाडल गहिरिँदै जाँदा थप ३१ हजार मानिस अतिधनाढ्यको सूचीमा परेका छन् । वैश्विक स्टक मार्केटहरू बढिरहँदा अनि घरजग्गाको भाउमा वृद्धि भइरहँदा पहिलेदेखिकै धनीहरूलाई झन् फाइदा पुगेको छ । 

तीन करोड डलरभन्दा बढी सम्पत्ति भएका मानिसको संख्या पोहोर सालको तुलनामा ६ प्रतिशतले बढेर पाँच लाख १३ हजार २४४ पुगेको नाइट फ्र्यांक नामक संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसको अर्थ आइसल्यान्ड, माल्टा वा बेलिजको जनसंख्याभन्दा बढी अतिधनाढ्यको संख्या छ । 

अतिधनाढ्यको संख्या सन् २०२४ सम्ममा बढेर ६ लाख ५० हजार पुग्ने किनकि भारत, इजिप्ट, भियतनाम, चीन र इन्डोनेसियामा मानिसले बेस्सरी सम्पत्ति जोडिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

वार्षिक सम्पत्ति प्रतिवेदनमा नाइट फ्र्यांकले सन् २०१९ धेरै लगानीकर्ता र पेन्सन फन्डहरूका लागि उतारचढावपूर्ण वर्ष भएको तर अतिधनाढ्यहरूको व्यक्तिगत सम्पत्ति झनै बढेको उल्लेख गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्