२९ असार २०८३, सोमबार

इरानमा कोभिड–१९ का कारण ९२ जनाको मृत्यु

फागुन २१, २०७६
इरानमा कोभिड–१९ का कारण ९२ जनाको मृत्यु

इरानमा कोभिड–१९ नामक कोरोनाभाइरसका कारण ९२ जनाको मृत्यु भएको छ भने २९ सय २२ केस पुष्टि भइसकेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानूश जाहानपूरले बुधवार तेहरानमा आयोजित पत्रकार सम्मेलनमा यसको घोषणा गरेका हुन् । 

भाइरसका कारण इरानका शीर्ष नेताहरू बिरामी परेका छन् । सरकारकै मान्छेहरू यति धेरै आक्रान्त भएको देश इरान नै हो । 

इरानले संक्रमितहरूको संख्या कम बताएको हुनसक्ने विज्ञहरूले चिन्ता गरेका छन् । 

इरानका राष्ट्रपति हसन रूहानीले भाइरस इरानका ३१ प्रान्तमै लगभग फैलिएको बुधवार मन्त्रिपरिषद्को बैठकमा बताए । 

‘यो रोग व्यापक फैलिएको छ,’ उनले भने । ‘यसले हाम्रा सबै प्रान्तलाई संक्रमित गराएको छ र एक अर्थमा भन्दा वैश्विक रोगले धेरै मुलुकहरू संक्रमित बनेका छन् । हामीले मिलेर यस समस्याको हल गर्नका शीघ्र कदम चाल्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्