
सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको मिर्गाैलाको सफल प्रत्यारोपण भएपछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल अस्पताल पुगेका हुन्।
नेता नेपाल बुधबार साँझ ७ः३० बजे शिक्षण अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रमको स्वास्थ्य अवस्था बुझ्न वरिष्ठ नेता नेपालसँगै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ लगायत नेताहरु अस्पताल पुगेका थिए।