
मुलुकका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार डोल्पा, रुपन्देही, बारा, सुर्खेत र सिरहामा सवारी दुर्घटना भएका हुन्।
डोल्पा: त्रिपुरासुन्दरी नगरपालिकामा भे १ च २४४६ नम्बरको जीप भेरी नदीको किनारमा खसेको छ। बुधबार बिहान भएको दुर्घटनामा चालक ठूलीभेरी नगरपालिकाका पञ्चेबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
रुपन्देही: सिद्धार्थनगर नगरपालिका ११ नौडिहवामा लु १ क २२०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय कमलेश पालका ४ वर्षीय छोरा रितेश पालको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
बारा: जितपुर सिमरा उपमहानगरपालिका २० बसडील्वागोठमा ना २ ह ४४२५ नम्बरको ट्याम्ुको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार बिहान भएको दुर्घटनामा संजित पासवानका ४ वर्षीय छोरा सुमन पासवानको मृत्यु भएको प्रहरीले जनाउको छ। दुर्घटनामा घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका १५ राउटे गल्छेनामा कर्णाली प्रदेश ०२-००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको छ। बुधबार बिहान भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो। प्रहरीका अनुसार दुर्घटनामा चिङगार्ड गाउँपालिका ६ का देबबहादुर खड्कासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य ४ जनालाई उपचारको लागि जिल्ला अस्पतालमा सुर्खेतमा पठाइएको छ।
सिरहा: गोलबजार नगरपालिका ४ धर्मकाँटाान को।३३ प २०९८ नम्बरको मोटरसाइकल र बा ३१ प ५८८३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। उक्त दुर्घटना भएपश्चात फेरि पुन ना ४ ख ४२६५ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनामा को ३३ प २०९८ नम्बरको मोटरसाइकलका चालक मोहमद लुतफुर रहमानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। a