०७ साउन २०८३, बिहीबार

कम्युनिष्टलाई गाली गर्दै - कांग्रेस हो सुख र दुखमा, भोट हालौं रुखमा... (भिडियो सहित)

कात्तिक २०, २०७४
कम्युनिष्टलाई गाली गर्दै - कांग्रेस हो सुख र दुखमा, भोट हालौं रुखमा... (भिडियो सहित)
काठमाडौं, ६ वैशाख - नेपाली कांग्रेसको चुनावी गीत सार्वजनिक भएको छ । नेपाली कांग्रेस जिन्दावाद, कांग्रेस हो सुख र दुखमा बोलको गीत सार्वजनिक भएको हो ।

कलाकार सुनील थापा र राधिका हमालले संयुक्त रुपमा उक्त गीत सार्वजनिक गरेका हुन् । विभिन्न दलले चुनावी गीत सार्वजनिक गर्ने क्रममा कांग्रेसले पनि चुनावी गीत सार्वजनिक गरेको हो ।
कांग्रेसले चुनावी गीतमा विपी कोइराला देखि सुशील कोइराला सम्मको गुणगान गाएको छ । अमन चयन र शान्ति समेत कांग्रेसलेनै ल्याएको उल्लेख गरेको छ ।

‘सहर केन्द्रीत हैन अब गाउँ गाउँमा पस, तरुण युवा साथी हो चुप लागेर नवस’ कांग्रेस हो सुख र दुखमा, ए सुन साथीको भोट हालौं रुखमा’ बोलको गीत सार्वजनिक भएको हो ।
उक्त गीतमा शान्ति अनि अमन चयन देशमा ल्याउने पार्टी हो, त्यसैले त रुखैमा भोट हालौं साथी हो लगायतका शब्द उल्लेख गरिएको छ । ए बुबा आमा हो भोट हालौ रुखमा लगायतका अनुरोध पनि गरिएको छ ।

विपी देखि सुशील सम्म हाम्रो अग्रज गुरु हो, कांग्रेसकै पहलमा देशको विकास सुरु भयो लगायतको शब्द पनि सो गीतमा राखिएको छ ।

कम्युनिष्टहरुलाई पनि गीतबाटै आलोचना गरिएको छ । कम्युनिष्टहरु आत्तिए के के बोल्छ बोल्छ, हिमाल तराई कांग्रेसकै माहोल छ लगायतको शब्द पनि गीतमा हालिएको छ ।

यो पनि,

चुनावमा कुलमानलाई 'क्यास' गर्दै माओबादी, अन्धकार हटाउने नि माओबादी... (भिडियो सहित)


salt training

कमेन्ट गर्नुहोस्