
काठमाडौं ६ चैत्र - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुइचरणमा निर्वाचन गर्ने कुरा सरकारी प्रस्ताव नभइ तर्कको रुपमा आएको बताएका छन् । उनले वैशाख ३१ गते हरहालतमा चुनाव हुने भन्दै त्यसका लागि तयारीमा लाग्न आग्रह गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार प्रमुख पाँचदल नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बैठकमा प्रचण्डले दुइ चरणमा चुनाव गर्ने कुरा तर्कको रुपमा आएको बताएका हुन् ।
‘मधेशी मोर्चा यदी सहमति गरेर आउन भने दुइचरण्मा चुनाव गर्न सकिन्छ भन्ने तर्कको रुपमा आएको हो’ प्रचण्डको भनाई उदृद्धगर्दै गृहमन्त्री विमलेन्द्र निधिले भने । उनले वैशाख ३१ गते चुनाव हुने भन्दै यसमा भ्रम नराख्न प्रधानमन्त्रीले आग्रह गरेको समेत जानकारी दिए ।
गृहमन्त्री निधिले मधेसी मोर्चा चुनावमा आएमा चुनाव दुइ चरणमा गर्न सकिने बताए । निधिले चुनावकालागि सुरक्षामा कुनै कमी कमजोरी नहुने उल्लेख गरे । ‘निर्वाचनको लागि सबै किसिमको सुरक्षागर्न गृह प्रसासन तयार छ, हामीले पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्टि गरिसकेका छौ’ उनले भने ।
पाँच दलको बैठकमा निर्वाचन तयारीको बिषयमा छलफल भइरहेको छ ।