२२ जेठ २०८३, शुक्रबार

ईपीएल २०२० को टाइटल प्रायोजक बनेको छ टीभीएस ईपीएल २०२०

फागुन २२, २०७६
ईपीएल २०२० को टाइटल प्रायोजक बनेको छ टीभीएस ईपीएल २०२०

नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको ईपीएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ ।

यसरी टाइटल प्रायोजन गरेसँगै अब ईपीएल भएको छ टीभीएस ईपीएल २०२० ।

ईपीएल नेपालको फ्रेन्चाइज क्रिकेटहरूमध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भइसकेको छ ।

राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता यही मार्च १४, २०२० देखि मार्च २८, २०२० सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । 

नेपालका क्रिकेट प्रेमीहरूले अत्यन्त उत्सकुताका साथ प्रतिक्षा गरिरहेको ईपीएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र ईपीएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा एक समारोहबीच हस्ताक्षर गरेका छन् ।

समारोहमा संक्षिप्त मन्तव्य राख्दै साहिल अग्रवालले भने, ‘हामी ईपीएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । नेपालको क्रिकेट खेललाई एक उचाई प्रदान गर्न सफल यो प्रतियोगिताले नेपालका क्रिकेट खेलाडीहरुको मनोबल उकास्नमा भरपुर मद्दत पुर्‍याउँदै आएको छ । हाम्रो टीभीएसलाई ईपीएलसँग आबद्ध गर्न सहमती दिनु भएकोमा हामी आयोजकहरु प्रति आभार व्यक्त गर्दछौं । साथै टीभीएस ईपीएल २०२० को यो संस्करणको भव्य सफलताको कामना पनि गर्दछौं ।’

समारोहमा आयोजकको तर्फबाट हस्ताक्षर गर्दै आमिर अख्तरले ईपीएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै यसरी अन्तर्राष्ट्रिय स्तरको ब्राण्डसँग ईपीएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए ।

नेपालमा अत्यन्त लोकप्रिय रहँदै आएको टीभीएस ब्राण्डले नेपालको विभिन्न खेलकुद क्षेत्रमा पनि आफ्नो सहभागिता जनाउँदै आएको छ । यसैको एक कडी अब टीभीएस ईपीएल २०२० पनि बनेको छ । टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरूलाई पैसाको उत्कृष्ट मूल्य र सेवाहरू जस्तैः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।

देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्न टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्