२७ जेठ २०८३, बुधबार

प्राविधिक समस्या आएपछि मन्त्री अर्याल चढेको विमान आपतकालीन अवतरण

फागुन २२, २०७६
प्राविधिक समस्या आएपछि मन्त्री अर्याल चढेको विमान आपतकालीन अवतरण
फाइल तस्वीर

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल सवार यती एअरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि त्रिभुवन विमानस्थलमै फर्किएर आपतकालीन अवतरण गरेको मन्त्री अर्यालको सचिवालयका एक सदस्यले जानकारी दिए ।

मन्त्री अर्यालले पनि विमानमा प्राविधिक समस्या आएका कारण आपतकालीन अवतरण गरिएको जानकारी आफूलाई गराइएको बताइन् ।

त्यसपछि केहीबेर विमानस्थलमै रोकिएकी मन्त्री अर्याल अर्को विमानमा पोखरा गएकी छन् । विमानका सबै यात्रु सुरक्षित छन् ।

salt training

कमेन्ट गर्नुहोस्