१९ असार २०८३, शुक्रबार

कोरोना त्रास : चीनमा चार फीट परैबाट कपाल काटिरहेछन् हजाम (भिडियो)

फागुन २२, २०७६
कोरोना त्रास : चीनमा चार फीट परैबाट कपाल काटिरहेछन् हजाम (भिडियो)

चीनमा कोरोनाभाइरसका कारण तीन हजारभन्दा बढी मानिसका मृत्यु भइसकेको अवस्थामा हजामहरू तीनदेखि चार फीट परबाट कपाल काटिरहेका छन् । 

हेनान प्रान्तको सैलुनमा हजामहरूले मानिसको कपाल तीन वा चार फीटको दूरीबाट काटिरहेका छन् । कपालको साजसज्जा पनि अलिक परैबाट गरिने गरेको छ । 

हजामहरूले लामो लट्ठीमा कैंची, काइँयो, बुरुस झुण्ड्याएर कपाल मिलाइरहेका छन् । 

सिचुआन प्रान्तको लुझोउमा पनि हजामहरूले यही तरिका उपयोग गरिरहेका छन् । 

लुझोउका हजाम हे बिङले क्वारेन्टाइन अब लगभग सकिएको र मानिसहरू घरबाहिर निस्कन थालेको बताए । तर सुरक्षाका लागि टाढाबाट कपाल काट्न थालिएको उनको भनाइ छ । 

तर यसमा मेहनत बढी परिरहेको छ । सानासाना कुरामा ध्यान दिनुपरेको छ । अनि हात पनि शक्तिशाली हुनुपर्छ र मात्र त्यति परबाट सामान समातेर कपाल काट्न सकिन्छ । 

चीन सरकारले सार्वजनिक स्थलहरूमा एकअर्कासँग लगभग पाँच फीटको दूरी बनाउनुपर्ने आदेश दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्