३० जेठ २०८३, शनिबार

एनआईसी एशिया क्यापिटल लिमिटेडको तेस्रो वर्ष पूरा भएको अवसरमा विशेष छुट

फागुन २२, २०७६
एनआईसी एशिया क्यापिटल लिमिटेडको तेस्रो वर्ष पूरा भएको अवसरमा विशेष छुट

एनआईसी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते सञ्चालनमा आएको ३ वर्ष पूरा गरेको छ ।

सञ्चालनमा आएको छोटो समयमा नै मर्चेन्ट बैंकिङ क्षेत्रमा सफल मर्चेन्ट बैंकको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ ।

मर्चेन्ट बैंकिङ व्यवसायमा तीब्र रुपमा प्रतिस्पर्धा रहँदा समेत एनआईसी एशिया क्यापिटल सञ्चालनमा आएको ३ वर्षको छोटो अवधिमै उपलब्धि हाशिल गर्न सफल भएको जनाइएको छ । 

मर्चेन्ट बैंकमध्ये पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता, लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, नेपालमै पहिलो पटक आईपीओ ३७ घण्टामा बाँडफाँट गर्न सफल भएको जनाइएको छ ।

सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ सन्ध्याकालीन काउन्टर सचालन गरिरहेको, शेयर रजिस्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको, म्युचुअल फन्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको लिमिटेडले जनाएको छ ।

क्यापिटलले तेस्रो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जसअन्तर्गत फागुन २२ गतेदेखि २०७७ असार मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ । फागुन २२ गतेदेखि २०७६ चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

क्यापिटलको तेस्रो वर्ष पूरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोबार गर्ने खाताधारक, क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेको इकाईधनी, क्यापिटलको लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राही, शेयर रजिस्ट्रार सेवामा आवद्ध कम्पनी तथा नियमक निकाय लगायत सम्पूर्णमा समस्त क्यापिटल परिवारले आभार व्यक्त गरेको छ ।

आगामी दिनमा समेत क्यापिटलबाट प्रदान गरिने सेवासुविधालाई छिटोछरितो र सेवाग्राहीमुखी उच्च कोटीको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्