
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ ।
पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से बिहीवार पनि ५.५० विन्दुले घटेर १ हजार ४३५.७० मा पुगेको हो ।
सेन्सेटिभ परिसूचक १.१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ ।
नेप्से ओरोलो लागेपनि कारोबार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको छ । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार ५ उपसमूहको शेयर बढेको छ भने ७ उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक २१.२७, वित्त ७.८१, अन्य २, लघुवित्त ४८.०३, जीवन बीमा ७७.८५ ले वृद्धि भएको छ ।
बैंकिङ १४.२४, व्यापार १७.७२, होटल २५.९८, जलविद्युत् ९.३१, निर्जीवन बीमा २५.६२, उत्पादन ३८.९५ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।
कारोबारका आधारमा बिहीवार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ८७ लाख १९ हजार ८६६ रुपैयाँ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो ।
एनएमबी बैंक १२ करोड ६५ लाख ९२ हजार २२, एनआइसी एशिया बैंक ९ करोड ६८ लाख ६ हजार, मञ्जुश्री फाइनान्स ८ करोड ४२ लाख ३९ हजार ४३९, नबिल बैंक ६ करोड ५८ लाख ५३ हजार २९७ र हिमालयन डिस्टिलरीको ६ करोड ४४ लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
कारोबारका आधारमा बिहीवार मञ्जुश्री फाइनान्स १०, राधी विद्युत् कम्पनी ९.०४, बोटलर्स नेपाल तराई, ८.२१, जनउत्थान सामुदायिक लघुवित्त ७.०२, गणपति माइक्रोफाइनान्स ६.१६ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.०१ प्रतिशतले कमाए ।
नेपाल हाइड्रो ९.६९, हिमाल दोलखा हाइड्रोपावर ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ६.६७, यूनियन हाइड्रो ६.०६ र ओरियन्टल होटलका शेयरधनीले ४.६० प्रतिशतले गुमाए ।