
प्रहरीले बर्दियामा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
गुलरिया नगरपालिका–९ टपरी गाउँका दीपबहादुर खड्का भरुवा बन्दुक र गोलीसहित पक्राउ परेका हुन्।
उनीसँग २ थान भरुवा बन्दुक, १९ गोली, १७ केप, २ डिब्बा बारुद र र फलामको बेरिङको डिब्बा बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए।