
कोरोना त्रासले नेपाली खेलकुद पनि प्रभावित भएको छ ।
विश्व क्रिकेट स्टारहरूको जमघट हुने भएकाले निकै चासोका साथ हेरिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिता बिहीवार स्थगित गरिएको छ ।
निर्धारित तालिकाअनुसार नेपालको तीनमध्ये एक यस फ्रेन्चाइज लिग क्रिकेट चैत १ गतेदेखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय थियो ।
आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले त्रासको अवस्थामा प्रतियोगिता गराउनु जोखिम हुने भएकाले स्थगित गर्नुपरेको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।