३० जेठ २०८३, शनिबार

भीम रावलले गरे गगन थापाको प्रस्तावको पूर्ण समर्थन !

फागुन २३, २०७६
भीम रावलले गरे गगन थापाको प्रस्तावको पूर्ण समर्थन !
फाइल तस्वीर

नेकपा एमालेका सांसद एवं पूर्व गृहमन्त्री भीम रावलले नेपाल भारत खुला सीमाबाट कोरोनाको संक्रमणबाट बच्नको लागि अस्पताल र उपचारको उचित तयारी र पूर्णप्रबन्ध मिलाउन सरकारसँग प्रस्ताव गरेका छन् । 

शुक्रवार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा नेकपाका रावलले मानिसहरूलाई आतंकित हुने अवस्था सिर्जना हुन नदिन सरकारसँग आग्रह गरे । उनले आपूर्ति सम्बन्धमा जनतालाई ढुक्क बनाउन सरकारको ध्यानाकषर्ण गरे । 

अत्याधिक चासोको विषयमा कोरोनाको भाइरसबाट जनताको ज्यानको कसरी गर्ने भन्ने प्रस्ताव पेश गरेको भन्दै समर्थन जनाए । ‘कोरोनाको संक्रमणबाट बच्न नेपालमा साझा अभियानको रूपमा अगाडि बढाउन संकल्प गरिएको छ । महामारीबाट जुध्न सिंगो राष्ट्रलाई एकताबद्ध बनाउने प्रस्ताव गरिएको छ, यसलाई पूर्ण समर्थन गर्छु,’ रावलले भने ।  

यसअघि नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विभिन्न सरकारी निकायका फरक–फरक सूचनाले नागरिक त्रसित बनेको भन्दै कोरोनाका सम्बन्धमा सरकारले एउटै प्लेटफर्मबाट सूचना प्रवाह गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको कामको अनुमगन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने प्रस्ताव समेत उनको थियो । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा कोरोनाविरुद्ध राष्ट्रिय संकल्प साथ अगाडि बढ्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै सांसद थापाले अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि भविष्यका लागि सतर्कता अपनाउनुपर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्