३१ असार २०८३, बुधबार

कोरोना भाइरसबाट जोगिन न्यूरोडमा तीन लाख खर्चेर जोडियो पानीका धारा

फागुन २३, २०७६
कोरोना भाइरसबाट जोगिन न्यूरोडमा तीन लाख खर्चेर जोडियो पानीका धारा

पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसबाट जोखिन न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान गरिएको छ ।

काठमाडौँको प्रमुख व्यावसायिक क्षेत्रका रूपमा परिचित न्यूरोडको पाको रोडका मोबाइल व्यवसायीले कोरोनाबाट बच्नका लागि उक्त सडकको दुईतर्फ १२ पानीका ड्रमसहित धारा जडान गरेका हुन् ।

जडान गरिएको धाराको आज महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का निर्देशक सञ्जीव राना र पाको रोडका व्यवसायीले हात धोएर कार्यक्रमको संयुक्त उद्घाटन गरे ।

कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख सुवेदीले कोरोना भाइरसबाट जोगिन हात धुनुपर्ने बताउँदै हात धुनका लागि न्यूरोडका व्यवसायीले धारो राखेर राम्रो कामको थालनी गरेको उल्लेख गरे ।

केयुकेएलका निर्देशक रानाले कोरोना भाइरसको जनचेतना देशैभर फैलाउनु जरुरी रहेको बताए । विश्वमा पछिल्लो समय भयावहरूपमा फैलँदै गएको कोरोनाको असर नेपालमा पनि पर्नसक्ने भन्दै यसबाट जोगिनुपर्ने उनको भनाइ थियो ।

न्यूरोड क्षेत्रमा आउने ग्राहकलाई साबुनपानीले हात धुन र कोरोना भाइरसबाट जोगिनका लागि उक्त अभियानको थालनी गरेको स्थानीय व्यवसायी विवेक शर्माले जानकारी दिए । पानीको ड्रमसहित धारा जडानका लागि रु तीन लाख बराबर खर्च भएको छ ।

हात धुने अभियानको प्रभावकारिता हेरेर काठमाडौँ मल, सुन्धारा, न्यूरोड प्रवेशद्वारमा समेत पानीका धारा र साबुन राखिने शर्माको भनाइ छ । पाकोका अर्का व्यवसायी महेन्द्र शाहीले अभियानलाई काठमाडौँका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने बताए ।

salt training

कमेन्ट गर्नुहोस्