१४ असार २०८३, आइतबार

सेनाको विस्फोटक पदार्थ अस्वीकार

फागुन २४, २०७६
सेनाको विस्फोटक पदार्थ अस्वीकार

जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । 

सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधवार सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो । 

विस्फोटक पदार्थ आयातमा सेनाले असहमति जनाउपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभाग लगायत परामर्शदातालाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने अडान राखेको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्