३० असार २०८३, मंगलबार

कोरोनाले इटलीमा एकैदिन ४९ जनाको मृत्यु

फागुन २४, २०७६
कोरोनाले इटलीमा एकैदिन ४९ जनाको मृत्यु

विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला इटलीमा कोरोनाको संक्रमणका कारण एकैदिन ४९ जनाको मृत्यु भएको छ ।

शुक्रवार इटलीमा कोरोना संक्रमणका कारण ४९ जनाको मृत्यु भएको हो । एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको वुहानबाट शुरू भएको भनिएको कोेरोना संक्रमण हालसम्म ९० भन्दा बढी देशमा फैलिएको छ । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी मृत्यु चीनमा भएको छ । इटलीमा मात्रै पछिल्ला २ हप्तामा १९७ जनाको मृत्यु भएको छ ।

इटलीमा हालसम्म कोरोनाको संक्रमण ४ हजार ६३६ व्यक्तिमा देखिएको छ । इटलीका छुट्टाछुट्टै २२ स्थानमा कोरोना संक्रमित देखिएका छन् । संक्रमितको संख्या दक्षिण कोरिया र इरानमा पनि बढी रहेको छ । 

संसारभर १ लाखभन्दा बढी व्यक्ति कोरोनाको संक्रमणमा रहेको तथ्यांक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छ । हालसम्म ३ हजार ३०० संक्रमितको मृत्यु भइसकेको छ । अमेरिकामा १४ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्