महिला सशक्तिकरणलाई लिएर विश्वभर कयौँ अभियान चलिरहेका छन्। आइतबार ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस पनि हो।
तर, लैंगिक समानताका क्षेत्रमा सुधारको बावजूद पनि विश्वभर हरेक १० मा ९ पुरुष महिलालाई भेदभाव गर्छन्। कोही पूर्वाग्रह राख्छन्।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को 'जेन्डर सोशल नर्म्स इन्डेक्स' रिपोर्टमा यो खुलासा गरिएको छ।
अध्ययन अनुसार धेरैजसो मान्ने गर्छन कि पुरुष श्रेष्ठ राजनेता हुन्छन्। ४० प्रतिशत मान्ने गर्छन कि जब अर्थव्यवस्था सुस्त भएमा धेरै जागिर पुरुषलाई मिल्नुपर्छ।
यद्यपि, अब स्कुलमा छात्राको संख्या पनि छात्र बराबर भइसकेको छ।
सबैभन्दा ठूलो समस्या लैंगिक असमानता अझै पनि कायमै रहेको अध्ययनको निस्कर्ष छ।
महिलालाई नेतृत्वमा पुग्न अझै चुनौती रहेको औँल्याइएको छ, भने एउटै प्रकारको काममा पनि महिला र पुरुषले पाउने ज्यालामा भेदभाव छ।