०२ असार २०८३, मंगलबार

आमा जंगल गएका बेला १२ वर्षे बालकले गरे १ वर्षीय भाइको हत्या

फागुन २५, २०७६
आमा जंगल गएका बेला १२ वर्षे बालकले गरे १ वर्षीय भाइको हत्या
Symbolic Photo : dnaindia.com

कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले कुटपिट गरी आफ्नै एक वर्षका भाइको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आमा जंगलमा घाँस, दाउरा गर्न गएका बेला भाइको हेरालुका रूपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएका थिए ।

कुटपिटबाट घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताए ।

भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्