२५ असार २०८३, बिहीबार

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : नियमित सन्तुलित आहार, दैनिक हिँडडुल

फागुन २५, २०७६
प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : नियमित सन्तुलित आहार, दैनिक हिँडडुल
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले आइतवार अपराह्न नियमित विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यका सबै सूचकांकहरू सामान्य रहेको जनाएका छन् ।

'वहाँ (प्रधानमन्त्री) को स्वास्थ्यस्थितिमा क्रमिक सुधारका लक्षणहरू देखिएका छन्, साथै उहाँको भाइटल्स र ल्याब सूचकांकहरू पनि सामान्य छन्,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल पनि गराउन थालिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जीको पनि स्वास्थ्य स्थिति सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले गएको बुधवार शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्