०९ असार २०८३, मंगलबार

दुई मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु

फागुन २५, २०७६
दुई मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

'मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए', प्रहरी निरीक्षक भट्टले भने, 'तीमध्ये एकको मृत्यु भएको खबर आएको छ ।'

प्रहरीका अनुसार पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन् भने पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने सामान्य घाइते भएका छन् ।

घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्