२५ असार २०८३, बिहीबार

सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्न आइजीपीको निर्देशन

फागुन २५, २०७६
सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्न आइजीपीको निर्देशन

प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्न निर्देशन दिएका छन्।

आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतलाई निर्देशन दिँदै उनले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउन भनेका हुन्। 

त्यसका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै उनले कर्मचारीको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए।

उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीको समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउँदै ज्ञवालीले प्रहरीले सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।

हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उनले  बताए।

salt training

कमेन्ट गर्नुहोस्