२८ जेठ २०८३, बिहीबार

विश्वका १०१ मुलुकमा कोरोनाको संक्रमण, ३ हजार ५९५ को मृत्यु

फागुन २५, २०७६
विश्वका १०१ मुलुकमा कोरोनाको संक्रमण, ३ हजार ५९५ को मृत्यु

कोरोना भाइरस( कोभिड–१९)  विश्वका १०१ मुलुकमा फैलिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

तथ्यांक अनुसार विश्वभर १ लाख ५ हजार ८सय ३६ जनामा कोरोना संक्रमण भएको छ, ३ हजार ५ सय ९५ व्यक्तिको मृत्यु भएको छ। 

गत डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणका कारण  एशियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ। 

यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा ६  हजार १५८ सङ्क्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्