०३ असार २०८३, बुधबार

होलीको  हर्षोल्लासमा कोरोनाको त्रास

फागुन २६, २०७६
होलीको  हर्षोल्लासमा कोरोनाको त्रास

फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ ।

यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । 

कतै विष्णुका भक्त पह्लादलाई मार्न बहिनी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका मरेको र प्रह्लाद जिवीतै रहेको पु्राणको कथा प्रसंग यो पर्वसँग जोडिएको छ ।

होलिकाका कारण यो पर्वलाई होली पर्व भनिदै आएको छ ।

यही फागुन १९ गते वसन्तपुर दरबार पटांगिनीमा होलीको चीर गाडिएपछि यो पर्व शुरू भएको थियो तर कोरोना भाइरसका कारण सरकारले हुलमा जमघट नहुन भनेपछि शुरू दिनदेखि नै यो पर्व निराश भएको छ । 

पशुपतिनाथलाई सोमवार अमालकोट कचहरी कार्यालयबाट अबिर पर्व शुरू गर्ने तयारी भएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्