२९ असार २०८३, सोमबार

कुमरखोदमा कोरोना स्वास्थ्य सहायता कक्ष

फागुन २६, २०७६
कुमरखोदमा कोरोना स्वास्थ्य सहायता कक्ष

दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) स्वास्थ्य सहायताकक्ष  स्थापना गरिएको छ ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरे ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले सो भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिए । सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।  भारतले पनि डिगलबैंकमा सो कक्ष स्थापना गरिसकेको जनाइएको छ ।  

सो भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदानप्रदानसमेत गरेका छन् ।  उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्