१९ असार २०८३, शुक्रबार

कोरोनाको त्रासले होलीको दिन सुनसान देखियो काठमाडौंको सडक [फोटोफिचर]

फागुन २६, २०७६
कोरोनाको त्रासले होलीको दिन सुनसान देखियो काठमाडौंको सडक [फोटोफिचर]

अघिल्ला वर्षहरूमा निकै तामझाम र हर्षोल्लासपूर्ण वातावरणमा मनाइने होली यसपटक निकै सुनसान देखिएको छ ।

विश्वभर फैलिएको कोरोनाको त्रासका कारण सरकारले नै भीडभाडमा जम्मा भएर होली नखेल्न अपिल गरेपछि सडक सुनसान बनेको हो ।

अघिल्लो वर्ष बिहानैदेखि होलीको रंगमा रंगिने बानेश्वर चोक सोमवार खालीखाली देखियो । बिदाको दिन भएकाले सडकमा गाडीको चाप पनि निकै कम छ ।

बानेश्वर चोकमा केही बालबालिका रंग दलेर हिँडेको आक्कलझुक्कल देखिएपनि ठूलो जमघट र औपचारिक कार्यक्रम छैन ।

अघिल्ला वर्षहरूमा भीडभाड हुने रंग पसलहरूमा पनि ग्राहक छैनन् ।

हेर्नुहोस्, तस्वीरहरू : 

salt training

कमेन्ट गर्नुहोस्