२१ असार २०८३, आइतबार

यस वर्षको 'महामूर्ख' प्रदेश २ का मुख्यमन्त्री

फागुन २६, २०७६
यस वर्षको 'महामूर्ख' प्रदेश २ का मुख्यमन्त्री

मिथिला नाट्यकला परिषदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई 'महामूर्ख'को उपाधि दिएको छ ।

परिषदले हास्य मजाक शैलीमा २०६१ सालदेखि नै प्रत्येक होलीमा महामूर्ख, पटमूर्ख, टुनमुसरी लगायतका उपाधि दिँदै आएको छ ।

महामूर्ख भनिएपनि समाजमा भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरणमा योगदान गरेका व्यक्तित्वलाई यस्ता उपाधिहरू प्रदान गर्ने गरिएको हो ।

परिषदले पटमूर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमनलाई दिएको छ भने जनकपुरधामकी उपप्रमुख रीता झालाई टुनमसरी उपाधि दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्