
सरकारले कोरोना भाइरस संक्रमणका्े जोखिमलाई मध्येनजर गर्दै थप तीन देशका नागरिकलाई घअनअराइभल’ भिसा नदिने निर्णय गरेको छ।
सरकारले यसअघि ५ देशका नागरिकका लागि यस्तो प्रतिबन्ध गरेकामा अब फ्रान्स, जर्मनी र स्पेनका नागरिकले पनि अनअराइभल भिसा नपाउने भएका हुन्।
अध्यागमन कार्यालयले यसअघि चीन, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइँदै आएकोअन अराइभल भिसामा रोक लगाइसकेको छ।
यद्यपि ती मुलुकका नागरिकले नेपाल आउन चाहेमा नेपालका विदेशस्थित सम्बन्धित कूटनीतिक नियोगबाट कोरोना भाइरसमुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ। र, त्यसका आधारमा मात्र भिसा दिइनेछ।