गत बुधवार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ ।
उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो ।
उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्रीलाई आइसीयूमा राखिएको जनाइन् । यद्यपी प्रधानमन्त्री ओलीको डिस्चार्जको मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।