
चीनका राष्ट्रपति सी चिनफिङ वर्तमान परिस्थितिको जानकारी लिन कोरोनाभाइरसको केन्द्र वुहान पुगेका छन् ।
समाचार संस्था एएफपीका अनुसार, भाइरस फैलिएपछि पहिलोपटक उनी त्यहाँ पुगेका हुन् । सन् २०१९ को डिसेम्बर महिनामा वुहानमै कोरोनाको पहिलो केस देखिएको हो । त्यसपछि अहिले १०० भन्दा बढी देशमा कोरोना देखिएको छ ।
महामारीविरुद्ध लडेकाले राष्ट्रपति सीले चिकित्सक, कर्मचारी, सैन्य अधिकृत, प्रहरी अधिकारी र सामुदायिक कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन् । यसअघि चीनका प्रधानमन्त्री ली खछ्याङ जनवरी २६ मा वुहान पुगेका थिए ।