११ साउन २०८३, सोमबार

मुकेश अम्बानीलाई पछि पार्दै ज्याक मा बने एसियाका सबभन्दा धनी व्यक्ति

फागुन २७, २०७६
मुकेश अम्बानीलाई पछि पार्दै ज्याक मा बने एसियाका सबभन्दा धनी व्यक्ति

भारतका शीर्ष उद्योगपति मुकेश अम्बानी अब एसियाका सबभन्दा धनी मानिस रहेनन् । विश्वमा तेलको मूल्यमा गिरावट आएपछि अम्बानीलाई चीनका ज्याक माले पछारेका छन् । 

कोरोनाभाइरस फैलिएसँगै संसारमा आर्थिक मन्दीको डर बढेर गएको छ । त्यसैक्रममा सोमवार अम्बानीको ५.८ अर्ब डलर गुमेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, त्यति धेरै पैसा गुमेपछि अम्बानी दोस्रो स्थानमा झरेका हुन् । 

अलीबाबा ग्रूप होल्डिङ लिमिटेडका संस्थापक ज्याक माले सन् २०१८ को मध्यतिर सर्वाधिक धनी एसियनको उपाधि गुमाएकोमा अहिले ४४.५ अर्ब डलर सम्पत्तिका साथ उनी पहिलो स्थानमा उक्लेका छन् । उनीसँग अम्बानीभन्दा २.६ अर्ब डलर बढी सम्पत्ति छ । 

कोरोनाभाइरसले अलीबाबाको व्यापारलाई केही प्रभावित पारेको भए पनि उसको क्लाउड कम्प्युटिङ सर्भिस र मोबाइल यापको माग बढिरहेकाले कम क्षति भएको छ । 

तर अम्बानीको रिलायन्स इन्डस्ट्रीजलाई यो सुविधा उपलब्ध छैन । रिलायन्सको शेयर सोमवार १२ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्