०८ असार २०८३, सोमबार

राति सुतेको मौकामा आफ्नै पतिलाई एसिड प्रहार

फागुन २७, २०७६
राति सुतेको मौकामा आफ्नै पतिलाई एसिड प्रहार

आफ्नै पतिलाई एसिड प्रहार गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

तारकेश्वर नगरपालिका वडा नम्बर ४ पुरानो गुहेश्वरी मन्दिरनजिकै डेरा लिएर बस्दै आएका नुवाकोटका एक व्यक्तिलाई सँगै सुतेकी पत्नीले राति एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरू राति सँगै सुतेको बेलामा श्रीमानलाई एसिड प्रहार गरेकी रहिछन्, के कारणले एसिड प्रहार भएको हो भन्ने अहिलेसम्म खुलेको छैन,’ महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक (डीएसपी) राठोरले लोकान्तरसँग भने ।

काठमाडौं–धरान माइक्रोबस चलाउँदै आएका ती पुरुषसँग सानो बच्चा पनि सुतेका थिए ।

एसिड प्रहारपछि उनको मुख र हातमा घाउचोट लगेको छ भने बच्चा सकुशल छन् ।

उनीहरू १ हप्ता अगाडि मात्र गुहेश्वरीमा डेरा गरेर बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरी जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्