०६ साउन २०८३, बुधबार

राष्ट्रपति सहभागी कार्यक्रममा नेपाल–चीन सम्बन्धलाई लिएर किन तर्सिए भारतीय मन्त्री ?

कात्तिक २०, २०७४
राष्ट्रपति सहभागी कार्यक्रममा नेपाल–चीन सम्बन्धलाई लिएर किन तर्सिए भारतीय मन्त्री ?
काठमाडौं, ६ वैशाख–राष्ट्रपति विद्या भण्डारी सोमबारबाट भारत भ्रमणका क्रममा छिन् । आफ्नो पाँच दिने राजकीय भ्रमणका क्रममा रहेकी भण्डारीले भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गरेकी छिन् ।

भण्डारीको भारत भ्रमणलाई लिएर भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशन गरेका छन् । भारतीय सञ्चार माध्यमहरुले भण्डारीको भारत भ्रमणले नेपाल भारतको सम्बन्धमा सुधार आउने बताएका छन् ।

चीनसँगको आफ्नो सम्बन्ध सुधारमा नेपालले बढी चासो दिएको र भारतको सहयोग कमजोर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल भारतको आर्थिक सम्बन्ध बारे आयोजना गरिएको एक कार्यक्रममा भारतीय विदेश राज्यम मन्त्री वीके सिंहले विश्वका केही देशले छिमेकी देशको सहयोग गरेको भएपनि त्यस्ता सहयोगहरु प्रत्युत्पादक हुने गरेको बताएका छन् ।

भारतले पनि नेपालका विभिन्न परियोजना सहयोग गरेको बताउँदै सिंहले भविष्यमा अन्य देशको सहयोग लिन नपरोस् भन्नका लागि त्यस्तो सहयोग गरिएको बताए ।

विदेश राज्यमन्त्री सहभागी कार्यक्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा भारतीय विदेश राज्यमन्त्रीले भारत, नेपाल र चीनबीचको सम्बन्धका कारण चिन्तित रहेको बताएका थिए ।

चीनसँग नेपालले केही दिनयता शुरु गरेको नेपाल चीन संयुक्त सैन्य अभ्यासलाई लिएर भारतीले विशेष चासो व्यक्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले पछिल्लो वर्षहरुमा नेपाल भित्रने कुल पर्यटक मध्ये ६८ प्रतिशत चिनियाँ पर्यटकको हिस्सा रहेको छ ।

जागरणदैनिकबाट

salt training

कमेन्ट गर्नुहोस्