२१ असार २०८३, आइतबार

कतारका लागि रोकियो श्रम स्वीकृति, भिसा सेन्टर बन्द

फागुन २८, २०७६
कतारका लागि रोकियो श्रम स्वीकृति, भिसा सेन्टर बन्द

सरकारले वैदेशिक रोजगारीका लागि कतार जानेका लागि श्रम स्वीकृति दिन मंगलवारदेखि बन्द गरेको छ ।

कतार सरकारले नेपालसहित १४ देशका नागरिकलई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाएसँगै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन बन्द गरेको हो ।

विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयका प्रमुख उमेश बस्नेतले कतार सरकारले नेपाली श्रमिकलाई प्रवेशमा रोक लगाएकाले त्यहाँ जानेलाई तत्काल स्वीकृतिका लागि रोक लगाइएको जानकारी दिए । 

उनले कतार सरकारले फुकुवा नगरेसम्म नेपाल सरकारले कतार जानेको श्रम स्वीकृतिका लागि स्वीकृति नदिने बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्