२६ असार २०८३, शुक्रबार

पाकिस्तानमा सैन्य विमान दुर्घटनाग्रस्त (भिडियो)

फागुन २८, २०७६
पाकिस्तानमा सैन्य विमान दुर्घटनाग्रस्त (भिडियो)

पाकिस्तानको एक सैन्य विमान नियमित तालिमका क्रममा इस्लामाबादमा दुर्घटनाग्रस्त भएको छ । प्रहरी र उद्धारकर्मीहरूले दुर्घटनास्थलमा घेराबन्दी गरेका छन् ।

दुर्घटना बुधवार बिहान भएको हो । 

पाकिस्तान वायुसेनाले एक बयान जारी गरेर एफ–१६ विमान शाकारपारियानमा अभ्यासका क्रममा दुर्घटनामा परेको जनायो । 

दुर्घटनाको भनिएको एक भिडियोमा फाइटर जेट भुइँमा ठोकिनुअघि कावा खाएको देखिन्छ । 

अर्को क्लिपमा दुर्घटनास्थलमा खाल्डोबाट धूवाँ आएको देखिन्छ । 

प्रत्यक्षदर्शीहरूले विमानबाट पाइलट निस्केको नदेखेको बताए । तर दुर्घटना हुनुअघि पाइलट विमानबाट सुरक्षित रूपमा निस्केको पाकिस्तानी वायुसेनाले जनायो । 

विगत दुई महिनामा नियमित तालिमका क्रममा दुर्घटनाग्रस्त भएको यो तेस्रो विमान हो ।

salt training

कमेन्ट गर्नुहोस्