२४ असार २०८३, बुधबार

सिंहदरबारमा सुवास नेम्वाङको जन्मोत्सव, केक खान मन्त्रीहरूको लर्को !

फागुन २८, २०७६
सिंहदरबारमा सुवास नेम्वाङको जन्मोत्सव, केक खान मन्त्रीहरूको लर्को !

नेकपा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आफू ६७ वर्ष पूरा भई ६८औं वर्षमा प्रवेश गरेको उपलक्षमा बुधवार सिंहदरबारमा जन्मोत्सव मनाएका छन् ।

नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा मन्त्री, संसदीय समितिका सभापति र सांसदहरूको उपस्थितिमा नेम्वाङले केक काटेर जन्मोत्सव मनाएका हुन् ।

नेम्वाङ २००९ साल फागुन २८ गते सुन्तलावारी इलाममा जन्मिएका थिए ।

नेम्वाङको जन्मोत्सवमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री विना मगर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री पार्वत गुरुङ तथा नेम्वाङका आफन्त पर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ सहभागी भए ।

नेम्वाङको जन्मोत्सवमा प्रतिनिधि सभामा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी तथा राष्ट्रिय सभामा नेकपा संसदीय दलका सचेतक खिमलाल भट्टराई लगायत पनि उपस्थित थिए ।

पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूले पनि नेम्वाङलाई जन्मदिनको शुभकामना दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्