२० असार २०८३, शनिबार

चीन : होटलको भग्नावशेषबाट ६९ घन्टापछि जिउँदै निकालिए एक व्यक्ति

फागुन २८, २०७६
चीन : होटलको भग्नावशेषबाट ६९ घन्टापछि जिउँदै निकालिए एक व्यक्ति

दक्षिणपूर्वी चीनको एक होटलको भग्नावशेषबाट ६९ घन्टापछि एक व्यक्तिलाई जिउँदै निकालिएको छ । 

होटल भत्किँदा कम्तीमा अन्य २० जनाको मृत्यु भएको थियो । 

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, मंगलवार दिउँसो भग्नावशेषबाट निकालेपछि ती व्यक्तिलाई तत्कालै अस्पताल लगियो । 

शनिवार होटल भत्किएपछि नौजना अझै पनि हराइरहेका छन् । सोमवार आधा रातमा १० वर्षका एक बालक र उसकी आमालाई भग्नावशेषबाट निकालिएको थियो । उनीहरू ५२ घन्टा फसेका थिए । 

क्वान्चोमा रहेको त्यस होटलमा कोरोनाभाइरसको आशंका गरिएका मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । 

चीनमा कोरोनाभाइरसबाट अहिलेसम्म ८० हजार ७८८ जना संक्रमित भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्