०३ असार २०८३, बुधबार

एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ता सम्मानित

फागुन २८, २०७६
एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ता सम्मानित

एफवान सफ्ट इन्टरनेसनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य शुरूवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्तालाई सम्मानित गरेको छ ।

सम्मानित हुनेमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेता कम्पनीको रुपमा बीएल स्टील प्रालि रहेका छन् । 

‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनलले तयार पारेको हो । आवद्ध बैंकहरूले आफ्ना ग्राहकलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउँछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ ।

‘क्वीक भुक्तानी’ यस्तो अनलाइन प्लेटफर्र्म हो, जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर), ती सामान तथा सेवा किन्ने क्रेता कम्पनी र ती कम्पनीसँग आवद्ध बैंकलाई एकै ठाउँमा ल्याउँछ ।

सप्लायरले यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँछ ।

यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । 

हाल यस क्वीक भुक्तानी’ प्लेटफर्र्ममा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंक पनि आबद्ध हुने प्रक्रियामा छन् । अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्विक र लाभदायक हुने विश्वास एफवान सफ्टले लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्