काठमाडौं, ६ बैशाख– राजधानीको गल्खोपाखामा सडक पिच गर्न प्रयोग गरिने अलकत्रा बोक्ने ट्यांकरमा आगलागी भएको छ । गुँडिरहेको ना१ क ३९६४ नम्बरको ट्यांकरमा बुधबार राती आगलागी भएको हो ।

प्रहरीका अनुसार गल्खोपाखाबाट सामाखुसी तर्फ आउँदै गरेको उक्त ट्यांकरमा आगलागी भएको थियो ।
बाक्लो बस्तीमा एकाएक ट्यांकरमा आगलागी सुरु भएपछि चालकले खुल्ला ठाउँमा ट्यांकरलाई पुर्याएको र तत्काल त्यहाँ पुगेका प्रहरी र स्थानीयले केहिबेरअघि मात्रै आगलागी नियन्त्रणमा लिएका हुन् ।