
हलिउडका पूर्वनिर्माता हार्वे विन्स्टीनलाई २३ वर्ष जेल सजाय सुनाइएको छ।
न्यूयोर्कको अदालतले उनलाई यौनउत्पीडन मुद्दामा यसअघि नै दोषी ठहर गरेकोमा हाल आएर कैद सजाय निर्धारण गरेको हो।
समाचार एजेन्सी एनएनआईले एएफपीलाई उदृत गर्दै भनेको छ कि वीनस्टीनलाई यौन शोषण र उत्पीडनको मुद्दामा २३ वर्षको जेल सजाय सुनाइएको छ।’
हार्वेमाथि एक सयभन्दा बढी महिलाले यौन शोषण र उत्पीडनको आरोप लगाएका थिए। मीटू अभियान अगाडि बढेसँगै उनीमाथि अभियाेग लाग्ने क्रम शुरु भएकाे थियाे।
हार्वे हलिउडका चर्चित निर्माता थिए। उनले बनाएका ८१ फिल्मले ओस्कार अवार्ड पाएको थियो। उनी फिल्म निर्माता मात्र थिएनन्, ह्वाइट हाउससम्म पहुँच थियो।
Former movie producer Harvey Weinstein sentenced to 23 years in prison on charges of sexual assault: AFP news agency (file pic) pic.twitter.com/81FmZd8rTj
— ANI (@ANI) March 11, 2020