११ साउन २०८३, सोमबार

कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसनमा

फागुन २९, २०७६
कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसनमा

कोरोनाभाइरस संक्रमणको आशंकामा ६ जनालाई राजधानीका २ अस्पतालमा राखिएको सरकारले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको आशंकामा ४ जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनालाई पाटन अस्पतालमा राखिएको जानकारी गराएका हुन् ।

उनीहरूलाई आइसोलेसन वार्डमा राखेर परीक्षण भइरहेको प्रवक्ता देवकोटाले बताए ।

हालसम्म नेपालमा १  जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको छ । ती व्यक्ति पनि निको भइसकेको बताइएको छ ।

४ सय ५० जनामा गरिएको परीक्षणमा ती १ जनाबाहेक अन्यमा संक्रमण नपाइएको सरकारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्