नायिका प्रियंका कार्कीसँग विवाह गरेपछि नायक आयुष्मान देशराज जोशीले पत्नीको थर पनि आफ्नो थरसँग जोडेका छन् ।
उनले बुवातर्फको थर जोशीसँगै मावली हजुरबुवाको थर देशराज र मावलीतर्फकै हजुरआमाको थर श्रेष्ठ तथा पत्नी प्रियंकाको थर कार्की जोडेर आयुष्मान देशराज श्रेष्ठ कार्की (डीएसके) जोशी लेख्न थालेका हुन् ।
पतिसँग डिभोर्सपछि आयुष्मानकी आमा रविनाले भने देशराज श्रेष्ठ लेख्ने गरेकी छन् । इन्स्टाग्राममा आयुष्मानले आफ्नो नाम 'आयुष्मान डीएसके जोशी' लेखेका छन् ।
प्रियंकाले पनि 'प्रियंका कार्की (देशराज श्रेष्ठ) डीएस जोशी लेख्न थालेकी छन् ।
हेर्नुहोस्, यसरी लेखेका छन् आयुष्मानले :
