०७ असार २०८३, आइतबार

कोरोना भाइरसको शंकामा युक्रेनी दम्पतीलाई भारत फिर्ता

फागुन २९, २०७६
कोरोना भाइरसको शंकामा युक्रेनी दम्पतीलाई भारत फिर्ता

पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पतीलाई कोराना भाइरसको संक्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ।

बिहीबार २ः३० बजे नेपाल प्रवेश गरेका ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुखाखोकीसमेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिइन्।

उनीहरुमा कोरानाको लक्षण देखापरेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजिएको थियो। उनीहरुले ओइसोलेशनमा बस्न जान नमानेपछि बाध्य भएर भारत नै फर्काइएको अध्यागमन कार्यालय झापाका प्रमुख जनक कोइरालाले बताए।

‘कोरानाका शङ्का लागेमा बिरामीलाई राख्न झापामा आइसोलेशन छैन,’ उनले भने, हामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजेको तर नमानेपछि भारततर्फ फर्कादिऔँ ।’ उनका अनुसार उनीहरु भारतको दिल्ली विमानस्थल हुँदै जनवरी १० तारिखमा भारत आएका थिए। भारतका विभिन्न स्थान घुमेर आज नेपाल प्रवेश गरेका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्