
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव (डीएफओ) सन्तमाया श्रेष्ठलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
उनीसहित तीन जना भक्तपुर गठ्ठाघरबाट पक्राउ परेका हुन्।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दोलखाबाट काठमाडौं जाँदै गरेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट श्रेष्ठसहित तीनजनालाई घुस रकम २ लाख तीन हजार रुपैयाँसँगै बिहीबार साँझ नियन्त्रणमा लिइएको हो।