०६ साउन २०८३, बुधबार

बलिउडमा कोरोनाको असर, अक्षयको सूर्यवंशीको रिलिज टर्‍याे

फागुन २९, २०७६
बलिउडमा कोरोनाको असर, अक्षयको सूर्यवंशीको रिलिज टर्‍याे

कोरोना भाइरसको असर बलिउड फिल्म उद्योगमा पनि परेको छ।

कोरानाका कारण रिलिज भएका फिल्मको कमाइ पनि खासै छन्। रिलिजको तयारीमा रहेका फिल्म पनि अन्यौलमा परेका छन्।

यसैबीच, अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ को रिलिज पनि टरेको छ। यसअघि यो फिल्म २४ मार्चमा रिलिज हुने तय भएपनि अन्यौलमा परेको हो।

अक्षय ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्।

अक्षयले ट्वीटमा भनेका छन्, ‘वर्षभरी मिहिनेत गरेर तपाईँका लागि सूर्यवंशी बनाएका थियौँ। दर्शकले ट्रेलरलाई माया गरे। यसले पुष्टि हुन्छ फिल्म दर्शकलाई प्रभावित गर्नेछ। हामी फिल्म तपाईँसामु पेश गर्न उत्सुक छौेँ। कोरोना भाइरसको संक्रमणलाई लिएर फिल्मको रिलीज डेट अगाडि बढाउने निर्णय गरेका छौँ। सही समयमा सूर्यवंशी रिलिज गरिनेछ।’

यो फिल्ममा अक्षय र कटरीना कैफको मुख्य भूमिका छ। 

salt training

कमेन्ट गर्नुहोस्