२२ जेठ २०८३, शुक्रबार

चट्याङ लागेर एक युवती घाइते

फागुन ३०, २०७६
चट्याङ लागेर एक युवती घाइते
प्रतिकात्मक तस्वीर

तुलसीपुरमा चट्याङ लागेर आज एक युवती गम्भीर घाइते भएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ दौडाँडे निवासी २२ वर्षीया शिवा बस्नेत चट्याङ लागेर घाइते भएकी हुन् ।

घरमै बसिरहेको अवस्थामा आज दिउँसो १:१५ बजेतिर परेको चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

घाइतेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चट्याङ लागेर बस्नेतका दुईवटै खुट्टा जलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्